
चितवनः वेलायतमा रहेका नेपालीहरुले कोरोना सङ्क्रमितहरुका लागि अक्सिजिन कन्सनटेटर सहयोग गरेका छन् । उनीहरुले देशका बिभिन्न जिल्लामा गरि पाँचवटा कन्सनटेटर सहयोग गरेका हुन ।
हरि कडेंल र चन्द्रमणी कडेंल “प्रकाश”को पहलमा वेलायतमा रहेका नेपालीहरुले कोरोना संक्रमित नेपालीहरुका लागि सो सामाग्री सहयोग गरेका हुन । कोरोना सङ्क्रमित बिरामीकका लागि अक्सिजनको आबश्यता अत्याधिक मात्रामा हुने भएकाले यो सामाग्री सहयोग गरेको हरि कडेंलले वताउनुयभयो ।
चितवनमा दुईवटा, वाग्लुङमा दुईवटा र दोलखामा एक वटा सामाग्री उनीहरुले सहयोग गरेका हुन । करिब रु ५ लाख २५ हजार रुपैंया वरावरको सामाग्री सहयोग गरेका हुन । वेलायतमा रहनुभएका नारायण प्रसाद कडेंलको सक्रियतामा सो सामाग्री हस्तान्तरण गरिएको हो ।
सहयोग स्वरुप प्राप्त सामाग्री हरिहर आश्रमका पिठाधिस १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको उपस्थितिमा सो सामाग्री हस्तान्तरण गरिएको हो । चितवनमा पठाईएको दुईवटा कन्सनटेटर मध्ये एउटा भरतपुर महानगरपालिकाले संञ्चालन गरेको योगी नरहरीनाथ प्राकृतिक चिकित्सालयको आइसोलेसन र एउटा रत्ननगर बकुलहर अस्पताललाई रहेको छ ।
सामाग्री हस्तान्तरण समारोहमा वोल्दै हरि कडेंलले आबश्यककता अनुसारकको सहयोगका लागि बिदेशमा रहेका नेपालीहरु तयार रहेको वताउनुभएको छ ।