रौतहटः रौतहटको वृन्दावन नगरपालिका–४ स्थित मामा घर बस्दै आएकी १४ वर्षीया संझा साहलाई बलात्कारपछि हत्या गरेको आरोप लागेका चुनु साह तेली पक्राउ परेका छन् ।

ललाई फकाई उखु खेतमा लगेर बलात्कार गरी हत्या गरेको आरोपमा प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले स्थानीय ४५ वर्षीय तेलीलाई पक्राउ गरेको हो ।

उनलाई गरुडा नगरपालिका– ४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । तेलीले यही १६ असोजमा घाँस काट्न गएकी संझालाई ललाई फकाई उखु खेतमा लगेर बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष बयान दिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो।

प्रहरी उपरीक्षक शाहका अनुसार करणी गरेपछि बालिका बेहोस भएको र उनले अरुलाई भन्दिन्छिन् भनेर घाँटी थिचेर मारेको बयान तेलीले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !