चितवनः यातायात व्यवस्था कार्यालय भरतपुरको आँपटारीमा स्थापनाका लागि वागमती प्रदेशको मन्त्री परिषदबाट निर्णय भई प्रकृया अघि वढाईएको छ । भरतपुर महानगरपालिकाले जिल्लामा यातायात कार्यालय आबश्यकता भएको भन्दै प्रदेश सरकार संग जग्गा प्राप्तिका लागि निर्णय गरिदिन अनुरोध गरेको थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २ आँपटारीमा रहेको वन मन्त्रालय अन्तर्गतको खालि जग्गामा यातायात कार्यालय स्थापना गर्नका लागि प्रकृया अघि वढाईएको हो । सो ठाउँमा २ विगाह ७ कठ्ठा जग्गा माग गरिएको छ । दाहालले वन मन्त्रालयले प्रदेश सरकारको निर्णय गराएर आउन आग्रह गरेपछि सोही अनुरुप प्रकृया अघि वढाईएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “प्रदेश सरकारले सो जग्गा यातायात कार्यालयलाई दिन अनुरोध गरी निर्णय गरेर पठाएको छ ।” सो निर्णय छिट्टै वन मन्त्रालय पठाएर आबश्यक निर्णयका लागि अनुरोध गरिने उहाँको भनाई छ ।

दाहालले कार्यालय सञ्चालन भए संगै यातायात संग सम्बन्धित सम्पूर्ण काम यही हुने बताउनुभयो । जसबाट संकलन भएको राजस्वको ५० प्रतिशत स्थानीय तहले पाउने भन्दै उहाँले भरतपुर महानगरलाई यसले चौतर्फी फाईदा पु¥याउने बताउनुभयो । हाल यातायातको कामका लागि यहाँका बासिन्दा विरगञ्ज र हेटौडा जान बाध्य रहेका छन् ।

बागमती प्रदेशका प्रमुख सचिब डा. मान वहादुर वीकेले प्रदेश सरकारले भरतपुरको आँपटारीमा रहेको जग्गा यातायात व्यवस्था कार्यालयलाई उपलव्ध गराई दिन निर्णय गरेको जानकारी दिनुभयो । जग्गा प्राप्ती संगै यातायात सेवा कार्यालय रहेको भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापना हुने वीकेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कार्यालय खुले संगै चितवन बासिले यातायात संग सम्बन्धित सबै काम त्यही गर्न पाउने छन् ।”

आबश्यक संरचनाका लागि वजेट समेत विनियोजन भई सकेको उहाँले जानकारी दिनुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष राम सुवेदीले बि. सं. २०७४ सालबाट यहाँ यातायात व्यवस्था कार्यालय स्थापना गर्न पहल थालिएकोमा अब बन्ने निश्चित भएको बताउनुभयो । जग्गा प्राप्ती र आबश्यक पहलका लागि चितवन क्षेत्र नम्बर तीनका प्रतिनिधि सभा सदस्य एबं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल समेत लागि परेकै कारण अब कार्यालय खुल्नेमा आँफुहरु विश्वस्थ भएको सुवेदीको भनाई छ ।

यहाँ कार्यालय नहुँदा आम नागरिकले दुःख पाए पछि निजी क्षेत्र पनि सक्रिय रुपमा लागेको छ ।

प्रतिक्रिया दिनुहोस !