चितवनः विगत तीन दिन देखि परेको निरन्तर वर्षा पछि आएको बाढी संगै नारायणी नदीको बहाबले खतराको बिन्दु पार गरेको छ । नदीको उद्गम थलो तर्फ निरन्तर पानी परिरहेकाले सतह अरु वढ्ने अनुमान गरिएको छ ।

देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलबिज्ञ ई. रामबिकेश रायका अनुसार आज विहान १० वजेर ३० मिनेट जाँदा नारायणीको सतह ८ दशमलब ०८ मिटर पुगेको थियो । आठ मिटर भन्दा माथीलाइ खतरा मानिन्छ । जुन घटनमिटरमा १० हजार २ सय २१ प्रति सेकेण्ड रहेको थियो । यस अघि साउन ६ गते गत ४४ वर्ष यताको सबैभन्दा वढि बहाब मापन भएको थियो । त्यस दिन बिहान ९ वजे नदीको वहाब ९ दशमलब ९१ मिटर पुगेको थियो ।

त्यतिवेला नदीमा पानीको वहाब १४ हजार ७ सय ७९ घरमिटर प्रति सेकेण्ड रहेको थियो । यस अघि सन १९७४ अगष्ट ५ मा १० दशमलब १ मिटर पानीको तह र १५ हजार ३ सय घनमिटर प्रतिसेकेण्ड वहाब मापन गरिएको रायले जानकारी दिनुभयो ।

बिचको अबधिमा सन २०१८ को वर्षातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड वहाब र तह ९ दशमलब ६ मिटर रहेको उहाँले बताउनुभयो । त्यतिवेला पानीको वहाब २७ वर्ष यताको सबैभन्दा वढि थियो । रायका अनुसार नारायणी नदीको शिर तर्फ पर्ने कास्कि, म्याग्दी लगाएतका क्षेत्रमा आउँदो १२ घण्टा निरन्तर वर्षा हुने भएकाले नदीको बहाब अरु वढ्न सक्ने छ ।

नारायणी नदी वढे संगै यसको प्रभाव भरतपुर महानगर र नवलपर क्षेत्रमा पर्दछ । महानगर प्रमुख रेनु दाहालले नदी तटिय क्षेत्रमा उच्च साबधानी अपनाउन आग्रह गरिएको जानकारी दिनुभयो । नदीको बहाब वढ्न सक्ने भएकाले सबैलाई सतर्क रहन उहाँको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस !