चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले एक क्वीन्टल गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं. ११ का २४ वर्षिय पदमबहादुर मोक्तान र २५ वर्षिय दोर्जे तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । निजहरुको साथबाट गाँजा बोक्न प्रयोग गरेको ना ३९ प २२५८ नम्बरको मोटरसाईकल पनि प्रहरीले बरामद गरेको छ ।

प्रहरी नायव उपरीक्षक सूर्य थापाले गाँजा बरामदपछि खोजतलासका क्रममा निजहरुलाई बिहीबार २ बजे भण्डारा चोकबाट पक्राउ गरिएको जानकारी गराउनुभयो । उहाँका अनुसार ईलाका प्रहरी कार्यालय भण्डाराको गस्ती टोलीले भदौ २१ गते राती राप्तीको दवाडीचोक नजिक पम्फा खोला किनारमा पाँच बोरा पोका बनाई राखेको एक क्वीन्टल गाँजा बेवारिसे अवस्थामा बरामद गरेको थियो । सो पश्चात् अनुसन्धानका क्रममा उनीहरुलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुलाई बिहीबार म्याद थप गरी अनुसन्धान थालिएको उहाँको भनाई छ । सो घटनामा संलन रहेको आशंका गरिएको एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !