
चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउने र सत्र किलोमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने ती स्थानमा आज विहान ५ः३० वजे पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो दुबै स्थानमा स–साना पहिरा रहेका छन् । पहिरो सफा गर्ने काम भईरहेको छ । पहिरोका कारण सो सडक खण्ड हँुदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् ।
सो सडकमा सोमबार राती देखि पटक पटक पहिरो खस्दै आएको छ ।