चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याईएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज विहान ४ः३० वजे पहिरो खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाए संगै विहान ८ः४० वजेबाट सडक दुई तर्फी संञ्चालमा ल्याईएको हो । सडक सञ्चालनमा आए संगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।

सो सडकमा सोमबार राती देखि पटक पटक पहिरो खस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !