चितवनः कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले जिल्लामा गरेको निषेधाज्ञा खुकुलो गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज जारी गरेको सूचनामा भदौ ३१ गते राती १२ वजेबाट लागु हुनेगरि गरिएको आदेशमा केही खुकुलो गरिएको जनाईएको छ । यस अघि साउन २८ गतेबाट जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईद्धारा जारी सूचनामा यो आदेश असोज ७ गते सम्म कायम रहेको भए पनि पहिले भन्दा केही खुकुलो गरिएको उल्लेख छ । कार्यालयले बिहिबार देखि निजी तथा सर्बजनीक सवारी साधान जोर विजोेर प्रणालीमा संचालन गर्न दिने, जोर गते जोर र बिजोर गते बिजोर सवारी सञ्चालन गर्ने, होटल रेष्टुरेन्टमा राजमार्गाका लागि राती १० वजे सम्म र अन्यलाई राती ८ वजे सम्म मात्र संञ्चालन गर्न दिने, शैक्षिक संस्थाहरुले अनलाईन मार्फत पठनपाठन संञ्चालन गर्ने आदेशमा उल्लेख छ । विवाह, भोज, भतेरमा मन्त्रालयको मापदण्डा अनुसार गर्नुपर्ने, तरकारी र खाध्ययनका पसलहरु विहान ६ वजे देखि बेलुका ५ वजे सम्म र अन्य पसलहरु विहान १० वजे देखि साँझ ५ वजे सम्म मात्र संञ्चालन गर्ने, कामदार ल्याउँदा र उद्योग चलाउँदा सङ्क्रमित नहुने गरि संञ्चालन गर्ने लगाएतका आदेश गरिएको छ ।
साना सवारी साधनमा अटोमा दुई जना म्याजिकमा ५ जना भन्दा वढि राख्न नपाउने, ठूला सवारी साधनमा यात्रु क्षमतालाई मध्यनजर गर्दै दायाँ र बाँया एक÷ एक जना भन्दा वढि राख्न नपाईने, चालक, सहचालक र यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, सवारी साधन दैनिक रुपमा निर्मलीकरण गरिनुपर्ने सूचनमा उल्लेख छ ।
कोरोना सङ्क्रमण वढ्दै जाँद स्थानीय प्रशासनले पटक पटक गरि निषेधाज्ञा जारी गरेको हो । अहिले पनि कोरोनाका त्रास कायमै रहेको भन्दै यसलाई रोक्न सबै सजग हुनुपर्ने आज जारी आदेशमा उल्लेख छ ।