चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको चार किलो र पाँचकिलोमा आज बिहान खसेको पहिरो पन्छाए संगै सडक सञ्चालनमा आएको छ । सडकका चार ठाउँमा एक तर्फी संञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार विहान ५ः४५ वजेको हाराहारीको समयमा ती दुबै ठाउँमा पहिरो खसेर सडक अबरुद्ध भएको थियो । पहिरो पन्छाए संगै बिहान ११ वजेबाट सवारी आवागमन सुरु भएको उहाँले जानकारी दिनुभयो । भट्टका अनुसार सो सडकको सत्रकिलो, सिमलताल, रिग्दी खोला र भालुढुङ्गामा एक तर्फी सडक खुलेको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एक तर्फी सडक खुलेका ठाउँमा दुई तर्फी खुलाउने काम सुरु भएको छ । सो सडक खण्डमा सोमबार राती ठाउँठाउँमा पहिरो खसेको थियो । पाँचवर्ष यताको सबै भन्दा वढि पहिरो खसेको कार्यालयले जनाएको छ । मंगलबार दिनभर १६ वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाईएको थियो ।

प्रतिक्रिया दिनुहोस !