
चितवनः पूर्बी चितवनको खैरहनीमा गुडीरहेको ट्रकलाई पछाडीबाट अर्को ट्रकले ठक्कर दिंदा चार जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकको जानकारी अनुसार नारायणगढबाट लोथर तर्फ जाँदै गरेको ना ५ ख ७५४१ नम्बरको ट्रकलाई सोही दिशातर्फ गईरहेको ना ६ ख २१ नम्बरको ट्रकले ठक्कर दिंदा चार जना घाईते भएका हुन् ।
घाईते हुनेमा ना ६ ख २१ नम्बरको ट्रकका चालक सहित सोही ट्रकमा सवार चार जना रहेको प्रहरीले जनाएको छ । पूर्ब पश्चिम लोकमार्ग अन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर १ तरकारी चोकमा आज बिहान ३ः३० वजे दुर्घटना भएको हो । घाईते भएकाहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । घाईते मध्ये तीनजानको अबस्था मध्यम रहेको छ भने एक जनाको अबस्था सामान्य रहेको छ ।