काठमाडौंः कोरोना भाइरसको महामारीपछि गत जेठबाट सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । अहिलेसम्म विभिन्‍न चार्टर्ड उडानमार्फत ३० देशबाट ६१ हजार ७१० नेपाली स्वदेश आइपुगेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा समस्यामा परेका श्रमिकको उद्धारका लागि ३९६ वटा उडानबाट उनीहरू नेपाल फर्किएका हुन् । कोरोना कहामारी पछि भएको ३९६ मध्य २७ वडा उडान भने नियमित उडान भएको केन्द्रले जनाएको छ ।
स्वदेश फर्किएकामध्ये ४४ हजार ४८१ जना आफ्नो प्रदेश गएका छन् भने चार हजार ७०४ जना होटेल क्‍वारेन्टिनमा छन् । यस्तै ६ हजार ६९६८ जना होम क्‍वारेन्टिनमा, ४ हजार ८६४ जना लोकल क्‍वारेन्टिनमा र ६३ जना अस्पतालमा रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !