काठमाडौः गण्डकी प्रदेशमा ३२ जना नयाँ कोरोना भाइरस ९कोभिड(१९० संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा गण्डकीमा ३२ नयाँ संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेमा लमजुङका १७, नवलपरासी पूर्वका आठ, स्याङ्जाका चार, कास्कीका दुई र तनहुँका एक जना रहेका छन् ।

संक्रमितमध्ये कास्कीको पोखरा महानगरपालिका–१६ का २० वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी छिन् भने स्याङ्जाको पुतलीबजार– ३ का ७६ वर्षीय पुरुष र कास्कीको पोखरा महानगरपालिका– ९ का ७० वर्षीय पुरुष पोखरा महानगरपालिकास्थित मणिपाल अस्पतालमा उपचाररत छन् ।

लमजुङको सुन्दरबजार ९ का संक्रमित १६ पुरुष नेपाल आर्मीमा कार्यरत छन् । अन्य सबै कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरू सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । योसँगै गण्डकीमा संक्रमितको संख्या २ हजार ९ सय ३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !