चितवनः जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । जस मध्ये १६ जना चितवनका रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार शनिबार सम्ममा जिल्लाका अस्पताल र घरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको हो । एक जनाको घरमा मृत्यु भएको हो भने अन्यको उपचारका क्रममा जिल्लाका अस्पतालमा मृत्यु भएको हो ।
चितवनका १६ जना, मकवानपुरका ५ जना, नवलपरासी सुस्ता पूर्बका ३ जना, गोर्खा र कैलालीका १÷१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

जिल्लाको सबै भन्दा वढि भरतपुर महानगरपालिकामा कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार महानगरमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ९ जनाको मृत्यु भएको छ । यस्तै कोरोना सङ्क्रमणबाट रत्ननगरमा ३ जना, खैरहनीमा र राप्ती नगरपालिकामा २–२ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । एक जना बृद्धाको कोरोना सङ्क्रमणका कारण घरमानै मृत्यु भएको हो भने अरु सबैको अस्पतालमा उपचारका क्रममा र अस्पताल ल्याउँदा ल्याउँदै बोटोमानै मृत्यु भएको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार जिल्लामा हाल सम्म कोरोना सङ्क्रमितको संख्या १ हजार २ सय ४३ पुगेको छ । जस मध्ये ५ सय ७ जना महिला र ७ सय ३६ जना पुरुष रहेका छन् । संक्रमितमध्ये धेरै भरतपुर महानगरका रहेका छन् । भरतपुरमा आज सम्म ८ सय ५१ जनामा कोरोना सङ्क्रमण भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै रत्ननगरमा नगरपालिकामा १ सय ३६ जनामा कोरोना देखिएको छ । राप्तीमा नगरपालिकामा ९९, खैरहनी नगरपालिकामा ६४, माडी नगरपालिकामा ५३, कालिका नगरपालिकामा ३६ जना र इच्छाकामना गाउँपालिकामा ४ जनामा कोरोना देखिएको छ । सङ्क्रमित मध्ये हाल सम्म २ सय ९९ जना निको भएर घर फर्की सकेका पौडेलले जानकारी दिनुभयो । जिल्लामा हाल सक्रिय सङ्क्रमित ९ सय २८ जना रहेका छन् ।

भरतपुर अस्पतालले संञ्चालन गरेको कोभिड १९ प्रयोगशालामा हाल सम्म २३ हजार १ सय ३० जनाको परिक्षण गरिएको छ । जस मध्ये १९ हजार ७ सय चितवनका हुन भने अन्य वाहिरी जिल्लाका हुन् । भरतपुर अस्पतालले हाल सम्म कोरोना सङ्क्रमित २ सय ८० जनाको उपचार गरेकोमा १ सय ९२ जना निको भएर घर फर्कीएका छन् । ७६ जना उपचारका क्रममा रहेका छन् भने १२ जनाको मृत्यु भएको पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !