काठमााडौंः नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २ सय २ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिनुभयो ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ५३ हजार नाघेको छ । आजसम्म ५३ हजार १ सय २० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १५ हजार २ सय ६० सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार १ सय ७ जना छन् भने ६ हजार १ सय ५३ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !