काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड– १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिनुभयो ।
आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ५१ हजार नाघेको छ । आजसम्म ५१ हजार ९ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १४ हजार ९ सय २५ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार २ सय ९१ जना छन् भने ६ हजार ७८ जना होम आइसोलेसनमा रहेका छन् ।






