चितवनः नरायणगढ –मुग्लिन सडक खण्डको चार किलो नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज विहान करिब ८ः १० वजे नारायणगढबाट ३१ दशमलब ३ किलो मिटर मुग्लिन तर्फ चारकिलो नजिक पहिरो खसेको हो ।
पहिरो खसे संगै दुईतर्फि सडक अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई. कृष्णराज अधिकारीका अनुसार पहिरो पन्छाउने काम सुरु भएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा पहिरो खसेपछि सो सडक प्रयोगगरि यात्रा गर्नेहरु रोकीएका छन् ।






