काठमााडौः पछिल्लो २४ घण्टाको अवधिमा पाँच जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा एक महिला र चार पुरुषको कोरोना संक्रमणबाट निधन भएको जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट काठमाडौंका ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । चितवन ६२ र कपिलवस्तु २९ वर्षीयको कोरोनाबाट निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।