
चितवनः कोरोनाको सङ्क्रमण वढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्बसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमानै सचेत हुन सके प्रभाव रोक्न सकिने बिज्ञहरु वताउँछन् । कोरोना संक्रमणका कारण मन आत्तिने रोग , डिप्रेसन जस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन् ।
चितवन मेडिकल कलेजका मनोरोग बिशेषज्ञ प्रा.डा सिपि सेडाईका अनुसार कोरोना सङ्क्रमण वढ्दै गए पछि मुटु ढुकढुक गर्ने, डर लाग्ने, निसास्सिएको महशुस हुने, वढि पिसाब फेर्न मन लाग्ने, मनमा अनाबश्यक चिन्ता लाग्ने, एक्लै वस्न मन लाग्ने, भित्रीमन खुशी नरहने, निन्द्रा नपर्ने, हरेक कुरालाई नकारात्मक दृष्टिबाट हेर्ने जस्ता समस्या आएका छन् । यस्तै शरिर झमझमाउने,टाउको दुख्ने घाँटीमा अड्कीए जस्ता हुने, शरिर अफ्ठ्यारो महशुस हुने, कोरोना भाइरस लागे जस्तो भान हुने लगाएतका समस्या लिएर मानिसहरु उपचारका लागि आउन थालेको उहाँले जनाकारी दिनुभयो । उहाँले भन्नुभयो “एउटै कुरा दोहो¥याई तेहे¥याई सोच्ने, कन्भर्सन डिसअर्डर, पिटिएसडी जस्ता समस्या लिएर मानिसहरु आउन थालेका छन् ।”
कतिपय मानिसहरु मनमा तनाव हुनाले मदिरा सेवन, दूव्र्यसनीमा फस्ने खतरा वढ्ने उहाँको भनाई छ । मानसिक रोगबाट बच्नका लागी एउटै कुरामा गहिरिएर नसोच्ने, मनको कुरा अरुलाई भन्ने बानि गर्दा पनि तनाव मुक्त भईने सेडाईको सुझाब छ । अहिलेको समयमा जे छ त्यसैमा सन्तुष्ट बन्न सक्ने, आँफुलाई अरु संग तुलना गर्नु पर्ने, मोवाईल फोन, फेसबुक कम प्रयोग गर्ने गर्दा मन शान्त हुने उहाँ सुझाउनु हुन्छ ।
सेडाईले भन्नुभयो “बिहान देखि वेलुका सम्म कामको बिभाजन गर्ने, समयलाई उपयोग गर्ने, खाना पकाउन, तरकारी केलाउन, करेसाबारिमा काम गर्ने, किताब पढ्ने जस्ता कामहरु गर्नुपर्छ ।” खाना खाने, सुत्ने समय एकनासको बनाउने, अनावश्यक समाचारमा बिश्वास नगर्ने, कुलतमा नफस्ने, मनोवल उच्च राख्ने, सन्तुलित भोजन खाने गर्नाले मानसिक समस्याबाट वन्चित भईने सेडाईले जानकारी दिनुभयो ।
पछिल्लो समय कोरोना सङ्क्रमण वढ्दै जाँदा आइसोलेसनमा बस्नेहरुमा मानसिक समस्या देखिन थालेको चिकित्सकहरुले वताएका छन् । उनीहरुलाई मानसिक समस्या नआउने गरि स्वास्थ्यमा ध्यान दिनुपर्ने चिकित्सकहको सुझाब रहेको छ । कोरोना सङ्क्रमणलाई त्रासको रुपमा नहेरेर साबधानि अपनाएर उच्च मनोवलका साथ हेरेमा रोग जित्न र लाग्न नदिन सहयोग पुग्ने बिज्ञहरुको सुझाब छ ।