चितवनः नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार महामन्त्री कोईरालाले दुई स्थामा दिनुभएको नमुनाको नतिजामा दुबै ठाउँमा संक्रमण पुष्टि भएको हो । श्रेष्ठका अनुसार काठमाडौंमा रहेको स्टार अस्पताल र हेम्स अस्पतालमा गरिएको परिक्षणका क्रममा उहाँको नतिजा पेजेटिभ आएको हो । कोईरालालाई सामान्य ज्वरो आएको भए पनि अरु कुनै लक्ष्यण देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस !