चितवनः जिल्लामा रहेका होटल रेष्टूरेन्टले दैनिक रु ३ करोड भन्दा वढि गुमाउन वाध्य भएका छन् । पर्यटकीय र सर्बसाधारणलाई सेवा दिंदै आएका जिल्लाका साना ठूला होटल रेष्टूरेन्ट कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण वन्द छन् ।

देशकै तेस्रो पर्यटकीय क्षेत्र सौराहा सहित जिल्लाका १ हजार २ सय ५० होटल रेष्टूरेन्ट गएको चैत्र यता वन्द छन् । पर्यटन क्षेत्रको अध्यन अनुसन्धान गर्दै आउनु भएका विश्व सुवेदीका अनुसार जिल्लामा पर्यटकीय होटलको संख्या २ सय २५ वटा रहेका छन् । ती होटल मध्ये सबै भन्दा वढि रत्ननगरको सौराहामा १ सय १० वटा रहेका छन् । सौराहा वाहेक रत्ननगर क्षेत्रमा पर्यटकीय होटल संख्या २९ वटा छन् ।

सुवेदीले भरतपुर महानगरमा ६५ वटा, कालिकामा २ वटा ,खैरहनीमा ३ वटा, माडीमा ३ वटा, राप्ती नगरपालिकामा ३ वटा र इच्छाकामना गाउँपालिकामा ११ वटा पर्यटकीय होटल रहेको जानकारी दिनुभयो । ती होटलमा पर्यटकीय मौषममा दैनिक रु १ करोड ५० लाख वढी कारोवार हुने उहाँको भनाई छ । अन्यमा त्यतिनै व्यपार हुने सुबेदी वताउनुहुन्छ ।

यसका अतिरिक्त पर्यटकीय गतिबिधिहरु जिप सफारी, डुङ्गा सफारी, हात्ती सफारी, वस लगाएतमा रु ३० लाख हाराहारी दैनिक कारोवार हुने व्यवसायीहरु वताउँछन् । सुवेदीले जिल्लामा होटल रेष्टूरेन्टमा १६ हजार मजदुर कार्यरत रहेको अध्ययनले देखाएको जानकारी दिनुभयो । ती होटल रेष्टूरेन्टमा रु ३० अर्ब भन्दा वढि लगानी छ । जस मध्ये ४० प्रतिशत भन्दा वढि वैंकिङ् ऋण रहेको सुबेदी वताउनुहुन्छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराई यहाँ चैत देखि असार १५ सम्म पर्यटकीय मौषम मानिन्छ । त्यस पछि भदौ १५ सम्मलाई पर्यटकीय मौषम मानिदैन । त्यतिवेला पनि आधा व्यापार हुने भट्टराईको भनाई छ । भदौ १५ पछिको यो समय पर्यटकीय मौषम हो ।

उहाँले भन्नुभयो “यो मौषम पनि त्यत्तिकै जाने भो ।” गत वर्षहरुमा यतिवेला सौराहामा पर्यटक राम्रो चहलपहल हुने गर्दथ्यो । अहिले होटल चौकिदारले कुरेर मात्रै वसेका छन् । भट्टराईले गुनासो गर्नुभयो “दशैको समयमा स्वदेशी पर्यटक आउँछन् भन्ने आस थियो । त्यो पनि हरायो ।”
क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे बिचमा केही समय होटल खोल्दा झनै नोक्सान भएको बताउनुहुन्छ । बातावरण पूर्ण सहज नभए सम्म होटल खोल्न नहुने भन्दै उहाँले अहिलेको घाटा परिपूर्ती गर्न निकै कठिन भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “बैंकहरुले ऋण थप गरिदिए भने होटलको तिर्नुपर्ने चालु खर्च तिरेर स्तर उन्नती गर्ने तयारीमा छु ।” सबै होटल संञ्चालकहरुको अबस्था घिमिरेको जस्तै रहेको छ ।

व्यवसायीको व्यवसाय मात्रै होईन मजदुरको आवस्था पनि दयनिय वन्दै गएको छ । सबै वेरोजगार भएका छन् । उनीहरु दैनिकी कष्टकर वन्दै गएको छ । ट्रेड युनीयन काङ्ग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा मजदुरको अबस्था निकै दयनिय भएको वताउनुहुन्छ । होटल रेष्टूरेन्टमा काम गर्ने मजदुरहरुले तलव पाउन नसक्दा दैनिकी चलाउन नै मुस्किल परेको सापकोटाको भनाई छ ।

जिल्लामा आन्तरिक र वाह्य पर्यटक कति आउँछन् बास्तिबिक तथ्याङ्गक छैन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्नेहरु वार्षिक २ लाख हाराहारी छन् । निकुञ्ज नघुम्ने तर जिल्लामा आउने कुल संख्या ५ लाख माथि हुने गरेको व्यवसायी वताउँछन् ।

प्रतिक्रिया दिनुहोस !