
काठमाडौंः नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन सय पुगेको छ । आज मात्रै कोरोना सक्रमणका कारण ११ जनाको मृत्यु भए पछि मृत्यु हुनेको संख्या ३ सय पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन सय पुगेको बताउनुभयो ।