नेपालगञ्जः बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतकलाई ३ वर्षदेखि मधुमेह र ५ वर्षदेखि मुटुरोगको समस्या थियो ।

यही १२ भदौमा घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो । १५ भदौमा पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि घले आफैँले पैसा तिर्ने गरी बनाइएको इन्द्रेणी होटलको आइसोलेसन सेन्टरमा बसेका थिए ।

उनको १८ भदौदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस !