काठमााडैंः केन्द्रीय कारागार सुनधाराका थप तीन कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १६ गते वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तीन कैदीको पिसीआर नतिजा पोजेटिभ आए संगै कोरोनाका कारण मृत्यु हुने कैदीको संख्या चार पुगेको छ ।

कोरोना पुष्टि हुनेमा ६०, ६४ र ५८ वर्षीय पुरुष छन् । उनीहरू बझाङ, सिरहा र पाल्पा कारागारबाट उपचारका लागि काठमाडौं ल्याइएका कैदी हुन् ।

यसअघि कोरोना संक्रमणबाट मेगा अस्पतालमा ४० वर्षीय १ कैदीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !