काठमाडौंः ललितपुरको पुल्चोकमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

निषेधाज्ञाको अवज्ञा गर्दै ललितपुरका स्थानीयबासीले रातो मच्छिन्द्रनाथको रथ तान्न खोजेपछि स्थानीयलाई तितरवितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।

पुल्चोकको दमकल चोकमा रहेको रातो मच्छिन्द्रनाथको रथ प्रहरीको अश्रुग्याँस प्रहारपछि रोकिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिनुभयो ।

प्रहरीको अश्रुग्याँस प्रहारबाट कति स्थानीयबासी घाइते भए भन्नेबारेमा केही खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस !