वीरगञ्जः पछिल्लो समय प्रदेश नम्बर २ कोरोना संक्रमणले थला परेको छ । सोही समयमा नरायणी अस्पताल वीरगञ्जमा बिहीबार गरिएको परीक्षणमा थप १ सय १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये ८० जना पुरुष र ३० जना महिला रहेका छन् । संक्रमितमध्ये पर्साका ६९, बाराका २४ र रौतहटका १७ जना छन् ।

उनीहरू डेढ वर्षदेखि ८० वर्ष उमेर समूहका छन् । थपिएका संक्रमित सबैको स्वास्थ्य अवस्था समान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस !