काठमाडौः कोरोना संक्रमण वढ्दो क्रममा रहेको छ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड– १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय २० महिला र ८ सय जना पुरुष गरी कुल १ हजार १ सय २०जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिनुभयो ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४१ हजार नाघेको छ । आजसम्म ४१ हजार ६ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये १८ हजार १ सय ८ जना सक्रिय संक्रमित छन् । १० हजार ४ सय ९३ रहेको छ भने ७ हजार ६ सय १५ जना होम आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा १ हजार १ सय १२ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २३ हजार २९० पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ५६ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस !