काठमाडौंः नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । आज मात्रै १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भए पछि संक्रमितको संख्या ४० हजार कटेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड– १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ४४ महिला र ७ सय २५ जना पुरुष गरी कुल १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिनुभयो ।
४० हजार यीमध्ये १८ हजार १ सय १२ जना सक्रिय संक्रमित छन् । १० हजार ८ सय ३२ रहेको छ भने ७ हजार २ सय ८० जना होम आइसोलेसनमा रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा ७६८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या २२ हजार १७८ पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ५५ प्रतिशत छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म कुल परीक्षण ७ लाख ५ हजार ५६० जना गरिएको मन्त्रालयले जनाइएको छ । देशभर ७ हजार ३९० जना क्वारेन्टाइनमा छन् ।






