काठमाडौंः कारागार आफैमा सुरक्षित स्थान मानिन्छ । तर पछिल्लो समय कोरोनको संक्रमण कारागारमा पनि देखिन थालेको छ ।

सुन्धारा कारागारमा रहेका उक कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कार्यालयमा रहेका ४ जना कैदीबन्दीको मृत्यु भएको मा एक जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमणका कारण ४० वर्षीय एक कैदीको मेगा अस्पतालमा मृत्यु भएको हो ।

अन्य ३ जनाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुन्धारा कारागारका प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।वीरमा मृत्यु भएका ३ जनाको कोरोना रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !