काठमाडौंः नेपाल चिकित्सक संघले डा. गोविन्द के.सी.लाई हिडडूल गर्न सुरक्षाकर्मी प्रयोग गरी रोकिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चिकित्सक संघका आजीवन सदस्य डा। गोविन्द के।सी।लाई आफू बसेको स्थानबाट बाहिर जान, हिडडूल गर्न सुरक्षाकर्मीको प्रयोग गरी रोकिएको भन्दै उक्त घटनाप्रति संघले आज विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
“चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियन्ता डा। गोविन्द के।सी। कोभिड–१९ को संक्रमणको समयमा समेत नेपालको दुर्गम स्थानमा गई त्यहाँका जनतालाई निरन्तर स्वास्थ्य सेवा प्रदान गरेर चिकित्सकीय धर्म निर्वाह गरिरहनु भएको व्यहोरा सबैमा विदितै छ,” संघले विज्ञप्तिमा भनेको छ, “यस्तो मानवीय कार्यमा संलग्न जिम्मेवार चिकित्सकलाई बिना कुनै कारण सुरक्षाको घेरामा राख्ने, हिडडूल गर्न नदिने, नागरिकहरुसँग सम्र्पक गर्न नदिने जस्ता अत्यन्तै अस्वाभाविक र गैरमानवीय कार्य तत्काल रोक्न नेपाल चिकित्सक संघ सरोकारवाला निकाय समक्ष जोडदार माग गर्दछ ।”







