वीरगञ्जः वीरगञ्जमा थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार रातिदेखि बिहीवार दिउँसोसम्म थप ३ संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले पुष्टि गरेको छ ।

ज्यान गुमाउनेमा वीरगञ्ज महानगरपालिका– १४ का ६२ वर्षीय पुरुष, धोबनी गाउँपालिका–३ गुलरीयाका ७२ पुरुष र बाराको सुर्वण गाँउपालिका–४ हर्दिया गाँउकी २३ वर्षीया गर्भवती महिला रहेका छन् ।

वीरगञ्जका ६२ वर्षीय पुरुषको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो । ३० साउनमा संक्रमण पुष्टि भएपछि सोही दिनदेखि उनलाई सो अस्पतालमा भर्ना गरिएको थियो । मिर्गौला रोगी ती पुरुषमा निमोनियाको पनि समस्या रहेको बताइएको छ ।

उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालका प्रशासकीय अधिकृत विनय प्रसाद श्रीवास्तवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !