
काठमाडौंः नेपाल प्रहरीका थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा महानगरीय प्रहरी बृत्तका ३० जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यसैगरी जनसेवा प्रहरी विशालनगर बृत्तका ९ जना र ११ जना ट्राफिक प्रहरीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।