चितवनः भरतपुर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सहयोगीलाई कोरोना संक्रमण भएपछि वन्द गरिएको अस्पतालको प्रसुती सेवा सुचारु संगै महिलाहरु लाभान्बित हुन थालेका छन् । अस्पतालले साउन ३२ गते साँझबाट आकस्मिक बाहेकका सबै सेवा वन्द गरेको थियो ।
अस्पतलका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परिक्षण गरि अस्पताललाई पूर्ण निर्मलीकरण गरेर भदौ ४ गते दिउँसोबाट सेवा सुचारु गरेको हो । अस्पताल वन्द गर्नु अघि दैनिक ४० जना भन्दा वढी प्रसुति गराईदै आएको थियो । अकस्मात अस्पताल वन्द भएपछि बिरामी प्रभावित भएका थिए ।
अस्पतालका सूचना अधिकार लिलाधर पौडेलका अनुसार गत बुधबार अस्पताल खुलेको दिन अस्पतालमा ३ जनाको प्रसुती गराएकोमा सोमबार सम्म आईपुग्दा यो संख्या एकै दिन १७ पुगेको छ । जसमध्ये ९ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको छ । हाल सम्म यो संख्या ५८ जना पुगेको छ ।
धेरैलाई अस्पताल खुलेको थाहा नभएर अझै आई नसकेको उहाँको भनाई छ । अस्पतालको स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. रामप्रसाद सापकोटा अस्पताल खुलेसगै सबैभन्दा वढि मकवानपुरबाट महिलाहरु आएको बताउनुहुन्छ । चितवन, नवलपरासी, गोर्खा, लम्जुङ लगाएतका जिल्लबाट बिरामी आएको उहाँले बताउनुभयो । निजीमा सहज भर्ना हुन कठिन छ भने महंगो खर्च लाग्ने गर्दछ । साधारण सुत्केरी हुनेले रु २० हजार सम्म र शल्यक्रिया गर्नु पर्दा रु ५० हजार भन्दा वढि खर्च हुने गर्दछ । सरकारीमा प्रसुती सेवा निःशुल्क भएर घर फर्कदा एम्बुलेन्स खर्च समेत पाईन्छ ।
सापकोटाका अनुसार जिल्लामा संक्रमण देखिए यता भरतपुर अस्पतालको प्रसुती विभागका प्रमुख डा. सुनिलमणी पोख्रेल वाहेकलाई संक्रमण भएको छैन । त्यहाँ कार्यरत २२ मध्ये २१ जना डाक्टर र ४० जना नर्स सहित सहयोगीहरु सवै सुरक्षित छन् । यस संगै उपचारका लागि गर्भवती एबं महिला पनि सुरक्षित रहेका छन् । सापकोटाले भन्नुभयो “हामीले स्वास्थ्य मन्त्रालयको निर्देशिका सके सम्म पालना गरि उपचार गरिरहेका छौ ।” अन्यत्र भन्दा हामीले वढी सुरक्षा सतर्कता अपनाउने गरेको हुँदा नै आज सम्म बच्न सकेको उहाँको भनाई छ ।
परोपकार प्रसुती गृह पछि देशकै धेरै सुत्केरी हुने ठाउँ भरतपुर अस्पताल हो । यहाँ बार्षिक १३ हजार हाराहारी महीला सुत्केरी हुने गर्दछन् । चिकित्सक अनुभबी नर्स र सहयोगी भएकै कारण जिल्लामा अन्यत्र काम गर्ने चिकित्सकहरुले समेत आफ्ना श्रीमती र आफन्त भरतपुर अस्पतालमा नै सुत्केरी गराउने गरेको पाईन्छ ।
भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी अब कोरोना संक्रमण भएका सुत्केरी र अन्य बिरामीको पनि शल्यक्रिया गर्नु परेमा यही गनुपर्ने भएकाले तयारी गरिदैं गरेको बताउनुहुन्छ । उहाँका अनुसार संक्रमितलाई छुट्टै बच्चा जन्माउने कक्ष र शल्यक्रिया कक्ष तयार गर्न लागिएको छ ।
अधिकारीले छोटो समय सेवा वन्द गर्नुपर्दा धेरैले दुःख पाएको भन्दै अब सरकारी अस्पतालको सेवा सकेसम्म बन्द नहुने वताउनुभयो । उहाँले भन्नुभयो “हामीले सुरु देखिनै संक्रमित उपचार गरेकोले आबश्यक सतर्कता अपनाएकै कारण यहाँ बिरामी सुरक्षित भएका हुन ।” अन्य अस्पतालमा बिरामी संक्रमित भएको भए पनि सरकारी अस्पतालमा चिकित्सक स्वास्थ्यकर्मीमा संक्रमण देखिदा समेत बिरामीमा संक्रमण फैलन पाएको छैन । अधिकारीका अनुसार अहिले अस्पतालको वहिरंग वाहेकका सेवा शुरु भएका छन् । निषेधाज्ञाका कारण वहिरंगमा आउने थोरै बिरामीलाई आकस्मिकबाट सेवा दिईएको छ ।
निजीले उपचार गर्न नमान्ने हुँदा कतिपय बिरामीको उपचार सरकारीमा मात्र गर्नु पर्ने हुन्छ । भरतपुर अस्पतालमा सघन उपचार कक्षको क्षमता कम भएकाले कतिपय बिरामी निजीमा पठाउनु पर्ने भए पनि अन्यलाई उपचारमा कुनै रोक नहुने अधिकारीको भनाईछ ।
सरकारीका चिकित्सक, स्वास्थ्यकर्मीले आलोपालो गरेर सेवा दिईरहेका छन् । यहाँ चितवन सहित १९ जिल्लाका बिरामीले सेवा लिने गरेका छन् ।