धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको मृत्यु भएको हो ।
धरान उपमहानगरपालिका–८ का व्यवसायी ६८ वर्षका संक्रमितको आइतबार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
२९ साउनमा कोरोना संक्रमण पुष्टि भएपछि ३० साउनमा उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बनेपछि उनको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।
मोरङको सुन्दरहरैचाका कोरोनामुक्त भएका युबाले प्लाज्मा दिएका उनको उपचारको क्रमम मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।