बीरगञ्जः कोरोना संक्रमणबाट बीरगञ्जमा थप १ महिलाको मृत्यु भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका–११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्वामा समस्या देखिएपछि अस्पताल भर्ना भएकी उनको शनिबार बेलुकी मृत्यु भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत २४ साउनमा आएको पीसीआर रिपोर्टमा उनलाई कोरोना पोजिटिभ देखिएको थियो । थाइराइडका दिर्घरोगी रहेकी समेत रहेकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि सोही दिनदेखि आईसीयूमा राखेर उपचार थालिएको थियो ।

योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !