काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटिएका सात जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।

पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरूको मात्र कोरोना पोजिटिभ देखिएको हो ।

बिहीबार गरिएको परीक्षणको आज प्राप्त रिपोर्ट अनुसार पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको गौतमले जानकारी दिनुभयो।
अङ्गरक्षकलाई कोरोना पोजिटिभ देखिएलगत्तै उनीहरूलाई आइसोलेसनमा राखिएको स्वकीय सचिव गौतमले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !