काठमाडौंः नेपालमा कोरोना संक्रमणका कारण मृत्युहुनेको संख्या १ सय २० पुगेको छ । आज मृत्यु भएका ६ जना सहित १ सय २० पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमो संख्या १२० पुगेको छ ।
डा. गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौं र बर्दियाका एक–एक छन् । त्यसैगरी मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक–एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।