अछामः खोलाले वगाउँदा ६ जनाको मृत्यु भएको छ । अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा ६ जनाको मृत्यु भएको हो । मंगलबार रातिदेखि परेको अबिरल वर्षालेसँगै आएको खोलाले बगाउँदा रामारोशन गाउँपालिका –५ सैनिबजारका ६ जनाको मृत्यु भएको हो ।
४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानीय देवेन्द्र थापाले बताउनुभयो ।

यस्तै, २ जनाको शव मंगलसेन नगरपालिका–३ मा पर्ने लमतणा र सेरीमा भेटिएको स्थानिय प्रकाश कुँवरले जानकारी दिनुभयो ।

खोलाले बगाउँदा थप १३ बेपत्ता भएका छन् । उनीहरूको खोजीकार्य भइरहेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयो ।
खोलाले सैनबजारका १६ वटा घर तथा पसलसमेत बगाएको छ ।

जनप्रतिनिधि, प्रहरी प्रशासन, स्थानीयको टोली सैनबजारमा उद्धारका लागि गइसकेको रामारोशन गाउँपालिकाका अध्यक्ष झँकरबहादुर साउँदले बताउनुभयो ।

बेपत्ताहरू खोज्नका लागि पहल भइरहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनुभयो ।
चाडै हेलिकोप्टरमार्फत उद्धारका लागि केन्द्रसँग समन्वय भइरहेको उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !