काठमाडौंः कोरोना संक्रमण दर वढ्दै गईरहेको समयमा कोरोनाका कारण मृत्यु हुनेको दर पनि वढ्दै गएको छ । नेपालमा नोभेल कोरोना भाइरस संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रे, धनुषा, नवलपरासी, मोरङ, बाँके र कास्कीका एक–एक पुरुष र तनहुँकी एक महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।