काठमाडौंः गृहमन्त्री रामवहादुर थापा बादलको स्कर्टिङमा रहेको गाडीको ठक्करबाट २ जना घाईते भएका छन् । सिंहदरबारको पश्चिम गेट नजिक गृहमन्त्री रामबहादुर थापालाई स्कर्टिङमा लिन हिँडेको नेपाल प्रहरीको बा१झ ५५९४ नम्बरको जिपले स्कुटरलाई ठक्कर दिएको थियो ।

आज बिहान प्रहरी प्रधान कर्यालयबाट गृहमन्त्रीलाई लिन सिंहदरबार हुँदै पुल्चोक जाने क्रममा पश्चिम गेट नजिक अगुवा जिपले बा९४ प १०२५ स्कुटरलाई ठक्कर दिएको हो ।

प्रहरीको गाडीको ठक्करबाट स्कुटर चालक नुवाकोटकी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजाता थापालाई सामान्य चोट लागेको गृह मन्त्रालयले जनाएको छ । घाइतेको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।

गृहमन्त्री थापा आजै बाढी पहिरोका लागि राहत सामग्री लिएर बाजुरा प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !