काठमाडौंः कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ । आज थपिएका तीन जना सहित सात पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा रौतहट, काठमाडौं र मोरङका एक–एक जना रहेका छन् ।

मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय एक महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !