काठमाडौंः कोरोना भाईरसको महामारी फैलिएको समयमा नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको मूल्यामा वृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरिएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ वृद्धि गरेको छ।

खाना पकाउने ग्यासको मूल्य भने यथावत् छ । अब पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

निगमले १५ दिनअघि मात्रै पेट्रोल, डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस !