चितवनः जिल्लामा कोरोना संक्रतिको संख्या १ सय ९९ पुगेको छ । आज संक्रमण पुष्टि भएका २७ जना चितवनका भए पश्च्यात सो संख्या १ सय ९९ पुगेको हो ।

कोरोना रोगको उपचारको हब अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट सहित चार चिकित्सक र एक स्वस्थ्य कर्मीमा कोरोना संक्रमण देखिएको छ । यस संगै अस्पतालमा नियमीत उपचारमा समस्या देखिएको छ ।
अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, स्त्री तथा प्रसुती रोग बिभाग प्रमुख डा. सुनिलमणी पोख्रेललाई कोरोना संक्रमण देखिएको छ । आकस्मीक कक्षका एक चिकित्सक र एक स्वास्थ्य कर्मीलाई पनि कोरोना संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । सोही अस्पतालमा आवासिय चिकित्सकका रुपमा काम गरेर शनिवार मात्र काठमाडौं फर्कीएका एक चिकित्सकमा पनि कोरोना देखिएको छ ।
काठमाडौंको प्रसुती गृह पछि सबैभन्दा वढि प्रसुती गराउने अस्पताल भरतपुर अस्पताल हो । प्रसुती बिभागका प्रमुखलाई कोरोना संक्रमण देखिए पछि अन्य स्वास्थ्य कर्मी र बिरामीको कन्ट्याक्ट टे«सीङ्ग गरिदै छ । तीन दिन अघि गरिएको परिक्षणमा सोही अस्पतालको सघन उपचार कक्षमा कार्यरत एक चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।
अस्पताल बिकास समितिका अध्यक्ष अधिकारीले चिकित्सक र स्वास्थ्य कर्मीमा संक्रमण देखिएको भए पनि अस्पतालको नियमीत उपचारमा भने कुनै असर नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो “यो संकटको घडीमा जे जति हामी चिकित्सक, स्वास्थ्यकर्मी स्वास्थ छौ , उपचार कार्यमा निरन्तर खट्ने छौ ।”
जिल्लामा रहेका दुई मेडिकल कलेज र निजी अस्पतालसंग समन्वय गरेर कोरोना संक्रमित र अन्यको उपचारमा भरतपुर अस्पतालले नेतृत्वदायी भूमीका निर्वाह गर्ने पनि उहाँले बताउनुभयो । अस्पतालका संक्रमणमा परेका चिकित्सक र स्वास्थ्यकर्मीको अबस्था खतरा मुक्त रहेको अधिकारीले जानकारी दिनुभएको छ । गएको सोमबार जिल्लाको अर्को सरकारी अस्पताल रत्ननगर वकुल्लहर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगाले र उहाँकी श्रीमती भरतपुर अस्पतालमानै कार्यरत चिकित्सकमा पनि कोरोना संक्रमण देखिए पछि हाल घरकै आईसोलेसनमा वसिरहनु भएको छ ।
भरतपुर क्षेत्रमा रोगको संक्रमण निकै वढे पछि शुक्रबार राती १२ वजेबाट एक साताका लागि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो पटक शनिबार राती आएको नतिजामा २८ जनामा कोरोना पुष्टि भएकोमा २७ जना चितवनका हुन । जस मध्ये २१ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !