
चितवनः भरतपुर अस्पतालको आकस्मिक सेवा संञ्चालनमा आएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भए पछि गत श्रावण २९ गते सांझ ८ बजे देखि वन्द गरिएको सेवा आज साँझबाट संञ्चालमा ल्याईएको हो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार आकस्मिक कक्षमा निर्मलिकरण गरी सेवालाई संञ्चालमा ल्याईएको हो । सरकारी अस्पतालको आकस्मिक कक्ष वन्द हुँदा बिरामीले शास्ति पाए पछि सेवालाई संञ्चालमा ल्याईएको उहाँले जानकारी दिनुभयो ।
अस्पतालले एक सूचना जारी गर्दै केही दिन सेवा वन्द हुन पुगेकोमा सेवाग्राहीमा पर्न गएको असुबिधा प्रति क्षमा मागेको छ । कोरोना देखिए संगै संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब परिषणका लागि पठाईएको छ । तर स्वाबको नतिजा नआउँदै अस्पतालले आकस्मिक सेवा सञ्चालन गरेको हो ।