चितवनः जिल्लामा रहेको भरतपुर अस्पतालले कोरोना संक्रमितको सूचना लुकाएको छ । भरतपुर अस्पतालको आइसीयू कक्षमा कार्यरत एक डाक्टरमा कोरोना पोजेटिभ भए पनि अस्पतालले भने सो सूचना लुकाएको हो । अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले अस्पतालको नर्सलाई मात्र कोरोना लागेको भनेर सूचना लुकाएका हुन ।
४ दिन अघि नै उनमा पोजेटिभ देखिएको भएता पनि अस्पतालले सूचना सार्वजनिक गरेको थिएन । अस्पताल स्रोतका अनुसार आइसीयूमा कार्यरत उनमा कोरोना पोजेटिभ देखिएपछि आइसीयू कक्षका विरामी र अन्य नर्सहरुको स्वाव संकलन गरी पठाइएको छ ।
डाक्टर भने आफै आइसोलेसनमा वसेको पाइएको छ । दुई दिन अघि मात्रै अस्पतालको आकस्मिक कक्षमा कार्यरत नर्समा कोरोना भेटिएपछि आकस्मिक कक्ष सिल गरिएको छ ।
७० जना स्वास्थ्यकर्मी र बिरामीको स्वास्थ्य परीक्षणका लागि पठाइएको र नतिजाको पर्खाइमा रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जनाकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !