चितवनः तीन वर्ष अघि वाढीले वगाएर भारत पु¥याएको एउटा गैंडा उद्धार गरिएको छ । नवलपरासीको वर्दघाट सुस्ता पश्चिम नर्सहीमा आएको अबस्थामा सो गैंडालाई उद्धार गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार मंगलबार दिउँसो तीन वजे डार्ट गरि मध्यरातमा निकुञ्ज ल्याएर छाडिएकोहो । उहाँका अनुसार राती १ वजे तिर निकुञ्जको कसरा नजीकै थपलिया तालको छेउमा गैंडालाई छाडीएको हो ।
अन्दाजी १२ वर्षको पोथि गैंडालाई तीनवटा हात्ती, २५ जना प्राबिधिक कर्मचारीको सहयोगमा उद्धार गरि ल्याईएको रुपाखेतीले जानकारी दिनुभयो । बि. सं. २०७४ साल साउन २७ गते आएको बाढीले राप्ती वा नारायणी नदीले वगाएर सो गैंडालाई भारतको बाल्मिकी टाईगर रिजर्भ पु¥याएको थियो ।
सो गैंडा चर्न बेलाबेलामा नेपाल तर्फ आउने गरेको थियो । गएको पुषमा पनि नेपाल तर्फ देखिए पछि उद्धार गर्ने प्रयास गरिएको भए पनि असफल भएको रुपाखेतीले वताउनुभयो । यहि साउन १५ गते देखि गैंडा नर्सही क्षेत्रमा रहेको सूचना प्राप्त भए पछि निकुञ्ज कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, डिभिजन वन कार्यलय नवलपुरका कर्मचारी एबं प्राबिधिकको सहयोगमा गैंडाको उद्धार गर्न सकिएको रुपाखेतीले वताउनुभयो । नारायणी नदी वढे पछि भारततर्फ जान नसकेर अड्कीएको गैंडालाई उद्धार गरएको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार बाढी पछि उद्धार गरिएको यो ११ औं गैंडा हो । बाढी पछि भारत तर्फको भूमिबाट ९ वटा र नेपाल तर्फको भूमीबाट यो सहित २ गैंडा उद्धार गरिएको उप्रेतीले जानकारी दिनुभयो । बाढीले वगाएर भारत पु¥यायका अरु केही गैंडा भारतमा रहेको र नेपाल ल्याउन आबश्यक बातावरण मिलाई दिन भारतलाई पत्राचार गरिएको भए पनि भारतले कुनै प्रतिकृया दिएको छैन । त्यस वर्ष वाढीका कारण दुर्लभ एक सिंगे गैंडा सहितका जनावरहरु वगाएका थिए ।

प्रतिक्रिया दिनुहोस !