चितवन – चितवन प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको हो ।
मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरुको पहिचान एवं खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको बिषेश प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईच्छाकामना गाउँपालिका ७ गर्दासका ३० बर्षीय राम बहादुर गुरूङ, कालिका नगरपालिका ३ सिमलढापका २७ बर्षीय योगेश वाईवा र कालिका २ पदमपुर बस्ने वर्ष २८ का सुरज गुरूङ रहेको चितवनका प्रहरी प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिए ।
डिएसपी थापाका अनुसार उनिहरु साथबाट ४ थान मोटरसाईकलहरु समेत बरामद भएको छ । ना १३ प.८५३८ नं.को होन्डा मोटरसाईकल (वास्तविक नम्बर ना ४१ प ९६०१), ना ४१ प ९६०१ नम्बरको पल्सर , अनटेस्ट पल्सर मोटरसाईकल (वास्तविक मोटरसाईकल नम्बर प्रदेश ३-०३-००१ प ४६८५), अनटेस्ट पल्सर मोटरसाईकल (वास्तविक मोटरसाईकल नम्बर प्रदेश ३-०३-००१ प ४६८५) र ना ६५ प ४९०७ नं. को पल्सर मोटरसाईकल ( वास्तविक मोटरसाईकल नम्बर स.१० प।१११८) बरामत भएको उनले बताए ।
चितवन जिल्ला अदालतबाट आइतबार म्याद थप गरी पक्राउ परेका तिनै जनामाथि चोरी कसुरमा अनसुन्धान भइरहेको प्रहरीले जनाएको छ ।