काठमाडौं – नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज (शनिबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।निगमका प्रवक्ता विनितमणी उपाध्ययका अनुसार डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको हो ।

नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको मुल्य प्रतिलिटर क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !