वीरगञ्ज – कोरोना भाइरस संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज-१६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । रिपोर्ट नआउँदै बिहान १०:१२ बजे मृत्यु उनको शुक्रबार राती रिपोर्ट पोजेटिभ आएको हो । यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको छ ।