
काठमाडौंः सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाउँदै गएको छ । आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा करोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार छापावाल सुनसँगै तेजावी सुनको मूल्य पनि प्रतितोला ४९५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९८ हजार ६५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९८ हजार ५६० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य बढे पनि बिहीबार चाँदीको मूल्य भने स्थिर छ । बुधबार १२२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बिहीबार पनि प्रतितोला १२२५ रुपैयाँमै कारोबार भइरहेको छ ।