चितवनः पहिरोका कारण अवरुद्ध मुग्लिन–नौविसे सडक एकतर्फी संचालनमा आएको छ । अविरल बर्षासंगै यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ४ कुरिनटार धारापानीमा विहान ८ः५५ बजे पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरो हटाइ अहिले बिहान १० बजेदेखि एकतर्फी सवारी सुचारु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !